सिनियर खेलाडीले जिम्मेवारी लिन नमान्दा उदाएका रोहित

राष्ट्रिय महिला तथा पुरुष टोलीको उपकप्तान क्यानले नियुक्त गरेको छ । एक साताभित्र क्यानले दुई नयाँ अनुहार ल्याएको हो । महिला टोलीको उपकप्तानका लागि इन्दु बर्मालाई मैदान उतार्‍यो भने पुरुष टोलीको उपकप्तानका लागि रोहित कुमार पौड्यललाई ल्यायो ।
रोहितलाई छनोट समितिको सिफारिसबाट क्यानले नियुक्त गरेको हो । क्यानले रोहितको सिफारिस आएको पाँच दिनसम्म छनोट समिति र मुख्य प्रशिक्षकसँग छलफल गरेर अन्तिम निर्णय गरेको हो ।
रोहितको लिडरसिपलाई सबै खेलाडी तथा प्रशिक्षकहरूले सहमति जनाए । अनि त्यसपछि क्यानको छनोट समितिले रोहितलाई नयाँ कप्तानको जिम्मेवारी दिने निर्णय गर्यो ।
बिहीबार क्यानले रोहितलाई उपकप्तान नियुक्त गरेसँगै टिममा सिनियर खेलाडी हुँदा हुँदै पनि उनलाई कप्तानको जिम्मेवारी दिएकोमा क्यानको आलोचना गरे । तर, यो आलोचनाको भित्री रूप भने फरक छ । क्यानको खेलाडी छनोट समितिले केही सिनियर खेलाडीहरूलाई उपकप्तानका लागि बाटो खुला गरेको थियो ।
छनोट समितिले उपकप्तानको जिम्मेवारीका लागि दीपेन्द्र सिंह ऐरी र करण केसीलाई जिम्मेवारीका लागि सोधेको थियो । तर, दुवै खेलाडीले जिम्मेवारी लिन नमानेको क्यानका एक उच्च धिकारीले बताए । जिम्मेवारी लिन कसैले नस्वीकार्दा नयाँ अनुहारको खोजी भयो । नेपाली यु–१९ पुरुष क्रिकेट टोलीको कप्तानी गरेका रोहित पहिलो नम्बरमा सिफारिस भए । रोहितलाई उपकप्तानको जिम्मेवारी दिनको लागि सबै खेलाडी, कप्तान र प्रशिक्षकको सहमति आवश्यक थियो । सबैले रोहितलाई नयाँ लिडरको रूपमा स्वीकार गरे ।
नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले छनोट समितिले सिफारिस गरेर नै नयाँ उपकप्तान नियुक्त गरेको बताए । उनले छनोट भएर रोहित र इन्दु बर्मा आउँदा आफूहरूले छनोट समितिलाई सबैको सहमति भएको–नभएको विषयमा छलफल गरेर मात्र निर्णयमा पुगेको बताए ।
‘छनोट समितिले नै सिफारिस गरेको खेलाडीलाई नै हामीले उपकप्तानको रूपमा नियुक्त गरेको हो । रोहितको हकमा पाँच दिन लामो समय लगाएर हामीले निर्णय गरेका थियौँ । छनोट समितिलाई सोध्दा सबै खेलाडी र प्रशिक्षकको सहमति छ भनेपछि अन्तिम निर्णयमा पुगेका हौँ,’ मल्लले रातोपाटीसँगको कुराकानीमा भने ।
क्यानले खेलाडीसँग भएको विवादका कारण नयाँ कप्तान नियुक्त गरेको भन्दै सबै तिर आलोचना भएको थियो । महिला टोलीमा पनि सीता राना मगरलाई उपकप्तानको जिम्मेवारीबाट हटाएको विषयमा चौतर्फी आलोचना भयो ।
मल्लले टिममा नयाँ कप्तानको विकल्पका रूपमा छनोट समितिले पठाउँदा आफूहरूले इन्दुलाई उपकप्तान नियुक्त गरेको बताए । उनले सीता र रुबिनाको विकल्प खोजेको पनि बताए ।
‘रुबिना र सीता अहिले मुख्य भूमिकामा छन् । उनी दुई खेलाडी टिमबाट बाहिर रहँदा एकै पटक नयाँ कप्तानको विकल्प खोज्न क्यानलाई असहज हुन्छ । त्यो पाटोलाई ध्यानमा राखी हामीले इन्दुलाई जिम्मेवारी दिएका हौँ,’ मल्लले भने ।
यता राष्ट्रिय टोली छनोट समितिका संयोजक दीपेन्द्र चौधरीले टिमका खेलाडीहरू सहमतिमा मात्र नयाँ उपकप्तान छनोट गरेको बताए । उनले रोहितको कप्तानीलाई मुख्य प्रशिक्षक, कप्तान र सबै खेलाडीले सहमति जनाएर मात्र आफूहरूले क्यानमा सिफारिस गरेको बताए ।
महिला टोलीको हकमा भविष्यका लागि नयाँ नेतृत्वको खोजी गर्दा इन्दुको नाम पहिले आएको हुनाले नै सिफारिस गरेको बताए । राष्ट्रिय टोलीको लिडरसिप गर्न सक्ने खेलाडी पहिले देखि नै दुई चार जना ल्याउँदा अहिले आएको विवादको कुनै नउठ्ने उनले बताए ।
‘रोहितको हकमा हामीले सबैको सहमतिबाट उपकप्तान नियुक्तका लागि सिफारिस गरेका हौँ । त्योभन्दा पहिले केही सिनियर खेलाडीलाई उपकप्तानका लागि सिफारिस गरेका थियौँ । उहाँहरूले जिम्मेवारी दिन नमानेका कारण रोहितलाई विकल्पको रूपमा हेरेर सिफारिस गरिएको हो,’ चौधरीले रातोपाटीसँगको कुराकानीमा भने ।
चौधरीले आफूले सीतालाई उपकप्तानबाट नहाटाएको बताए । अन्तिम सिरिजमा पनि उपकप्तानको स्थान खालि भएको समयमा आफूले इन्दुको नाम सिफारिस गरेको बताए ।
‘सीतालाई मैले कप्तानबाट हटाएको होइन् । अन्तिम सिरिजमा पनि उपकप्तानको जिम्मेवारी खालि थियो । मैले त्यो खालि ठाँउमा नयाँ अनुहारलाई जिम्मेवारी दिएको मात्र हो,’ चौधरीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ: महामन्त्री थापा
-
देउवा नहल्लिएसम्म सरकार सुरक्षित रहने एमाले नेताहरूको विश्वास
-
जुडशीतल : तराई–मधेशको लोकपर्व
-
आईपीएलसँग जोडियो रोबोटिक कुकुर ! प्रत्यक्ष प्रशारणमा सहयोग गर्ने
-
ट्रम्पले रोके हार्वर्ड विश्वविद्यालयको २ अर्ब डलर रकम
-
मंगलबार सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?