साताको नेप्से : ११५ अंक घटेर २२३५ अंकमा झर्यो
शनिबार, ०७ जेठ २०७९, १२ : ४२
यो साता नेपाल स्कट एक्सचेञ्ज (नेप्से) परिसूचक ११५ अंक घटेको छ । साताको ४ दिन कारोबार भएको सेयर बजार परिसूचक २३५० अंकबाट १०० अंकभन्दा धेरै घटेर २२३५ अंकमा आइपुगेको हो । यो ४.९१ प्रतिशतको गिरावट हो ।
यसैगरी, यो साता सेन्सेटिभ इण्डेक्समा समेत गिरावट आएको छ । सातामा सेन्सेटिभ इण्डेक्स ४.२४ प्रतिशत अर्थात १९.२३ अंक घटेको हो । यससँगै साताभरमा सेन्सेटिभ इण्डेक्स ४३४.७३ अंकमा आइपुगेको छ ।
नेप्से परिसूचक ११५ अंकले घटेको साता कारोबार रकम भने खुम्चिएको छ । ४ दिन कारोबार भएको नेप्सेमा ३ दिनसम्म घटेको बजारमा औसत दैनिक १ अर्ब ३० करोडको कारोबार भएको छ । यसको अर्थ यो साता नेप्सेमा ५ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरौटी बुझाएर रिहा भए रवि लामिछाने
-
भूकम्पीय जोखिम न्यूनीकरणका लागि सुरक्षित भौतिक संरचना निर्माण गर्नुको विकल्प छैन : उपप्रधानमन्त्री सिंह
-
नागरिक उन्मुक्तिका सांसद चौधरीविरुद्धको रिट खारेज, सांसद पद जोगियो
-
कार्यदलको बैठकमा जसपा नेपाल र नागरिक उन्मुक्ति किन ‘एब्सेन्ट’ ?
-
मन्धाना र प्रतिकाको रेकर्ड ब्याटिङ, भारतको कीर्तिमानी जित
-
सङ्खुवासभामा आगलागीबाट पाँच घर जले