‘हदम्याद के हो ? बलात्कारीको रक्षा कवच !’
सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्ष अघि बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी एक युवतीलाई न्याय दिन सरकारसँग माग गर्दै शनिबार पनि काठमाडौँमा प्रदर्शन गरिएको छ ।
‘बलात्कारी होस तँ’ भन्दै काठमाडौँको माइतीघर मण्डलामा भेला भएका युवायुवतीहरूले सो घटनामा परेकी पीडितलाई तत्काल न्याय दिन सरकारसँग माग गर्दै विरोध प्रदर्शन गरेका हुन । बलात्कार घटनाका पीडित ती युवतीलाई न्याय दिलाउने कार्यमा सहयोग गर्न पनि सबैलाई अपिल गरिएको छ । बलात्कारीलाई सजाय दे, दोषीलाई कारबाही गर, बलात्कार र यौनजन्य घटनाको तत्काल निर्णय गर्न छुट्टै अदालतको स्थापना गर, बलात्कार सम्बन्धी घटनाको न्याय निरूपणका लागि देखिएको हदम्याद खारेज गर लेखिएको प्ले कार्ड प्रदर्शन गर्दै प्रर्दशनकारीले बलात्कारमा परेका पीडितलाई न्याय दिलाउने काममा ढिलाइ नगर्न पनि सरकारलाई सचेत गराएका छन् ।एक युवतीले आठ वर्ष अघि सौन्दर्य प्रतियोगिताको क्रममा आफूलाई आयोजक संस्थाले बोलाएर बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन् । त्यसको विरोधमा शुक्रबार (हिजो) पनि प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरिएको थियो भने संघीय संसद प्रतिनिधिसभाका सांसदहरूले पनि पीडित ती युवतीलाई न्याय दिन र दोषीमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेका थिए ।






















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण