शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

आईपीएलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दै, प्लेअफ पुग्ने दिल्लीको लक्ष्य

शनिबार, ०७ जेठ २०७९, ११ : ३७
शनिबार, ०७ जेठ २०७९

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (शनिबार) दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीचको खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै दिल्ली प्लेअफमा पुग्ने योजनामा छ । दिल्लीलाई प्लेअफ पुग्न आजको खेलमा जित निकाल्नु पर्ने बाध्यता छ । आजका खेलमा पराजित भए दिल्लीको यो सिजन आईपीएल यात्रा समाप्त हुनेछ । यता मुम्बई आजको खेलमा सहज जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने योजनामा छ ।

लिगमा १३ खेल खेलेको दिल्ली १४ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ । चौथो स्थानमा रहेको बैंगलोरको १४ खेलबाट १६ अंक छ । दिल्लीले जित निकाल्न नसकेमा बैंगलोर प्लेअफमा पुग्नेछ । दिल्लीले जितेमा समान १६ अंक भएपनि नेटरनरेटका आधारमा दिल्ली प्लेअफमा पुग्ने छ । त्यसैले दिल्लीलाई आजको खेलमा जितको विकल्प छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप