जसपाले फहरायो माओवादीको किल्लामा झण्डा

महोत्तरीको गौशाला नगरपालिकामा माओवादीको किल्ला भत्किएको छ । जातीय समीकरण अनुसार महतो जातिलाई मेयर तथा उपमेयरमा टिकट नदिएकै कारण माओवादीको किल्ला भत्किएको गौशालावासीको भनाई छ ।
०७४ मा अत्यधिक बहुमतका साथ मेयर उपमेयर सहित निर्वाचित भएका माओवादीको किल्ला भत्काउन जनता समाजवादी पार्टी (जसपा) नेपाल सफल भएका छन् । जसपाका दिपेन्द्र महतोले मेयरमा ८७९९ मत ल्याई निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बिष्णु योञ्जनले ५६२७ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपमेयरमा जसपाकी रेनु कुमारी महतोले ८४५५ मत ल्याएर निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादीकी जनकदुलारी साहले ५४९० मत प्राप्त गरिन् । ०७४ को स्थानीय तहको निर्वाचनमा माओवादीका शिवनाथ महतो मेयरमा निर्वाचित थिए ।
गौशाला नगरपालिका नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहका गृहनगर हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी