मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एक वर्षका लागि जेल गए सिद्धू, तीन महिना निःशुल्क काम गर्ने

शनिबार, ०७ जेठ २०७९, ११ : ०१
शनिबार, ०७ जेठ २०७९

पञ्जाब कांग्रेसका पूर्व अध्यक्ष नवजोत सिंह सिद्धुले पटियाला अदालतमा रोड रेज मुद्दामा आत्मसमर्पण गरेका छन् । उनले आफूसँग लुगाले भरिएको झोला ल्याएका छन् । अदालतमा सिद्धुले आत्मसमर्पण गरेको कागजी प्रक्रिया पूरा गरियो । सिद्धुको माता कौशल्या अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । यहाँ सिद्धुले गहुँसँग  एलर्जी भएको कुरा गरेका छन् । साथै, उनको खुट्टामा बेल्ट पनि बाँधिएको छ, जसका लागि उनको मेडिकल रेकर्डको पनि जाँच गरिएको छ । प्रहरीले उनलाई अहिले पटियाला केन्द्रीय कारागारमा लगेको छ । यो त्यही जेल हो जहाँ सिद्धुका कट्टर प्रतिद्वन्द्वी विक्रम मजिठिया लागूऔषध मुद्दामा थुनिएका छन् । तर, सिद्धु कैदी हुन् र मजिठिया अझै हिरासतमा छन् ।

सिद्धुले सर्वोच्च अदालतबाट राहत पाएनन् । आत्मसमर्पणका क्रममा सिद्धुले कसैसँग कुरा गरेनन् । सर्वोच्च अदालतले शुक्रबार क्युरेटिभ याचिकामा तत्काल सुनुवाइ गर्न अस्वीकार गरेको थियो । सिद्धुका वकिलहरू आशावादी थिए कि दिउँसो फेरि याचिकाकर्ताले सर्वोच्च अदालतमा सुनुवाइको माग गर्नेछन् । तर, सर्वोच्चमा सुनुवाइ भएन ।

यसअघि, सिद्धुका वकिल अभिषेक मनु सिंघवीको याचिकामा न्यायाधीस एएम खानविलकरले भनेका थिए, ‘हामी यो मुद्दा प्रधान न्यायाधीशलाई पठाउँदैछौँ, उनले सुनुवाइ गरेर निर्णय गर्नेछन् ।’  सिद्धुले खराब स्वास्थ्यका कारण आत्मसमर्पण गर्न अदालतसँग एक साताको म्याद मागेका थिए ।

यस्तै, पञ्जाबका कांग्रेस नेताहरूले सिद्धुको पक्ष छोडेका थिए । तर, अहिले कांग्रेस नेतृ प्रियंका गान्धीले सिद्धुलाई फोन गरेकी छन् । उनले सिद्धुलाई कांग्रेस उनको साथमा रहेको आश्वासन दिइन् । उनले सिद्धुलाई बलियो रहन प्रोत्साहित गरिन् । सिद्धुलाई कांग्रेसमा प्रियंका गान्धीको निकट मानिन्छ ।

 


६ बिन्दुमा कुरा के हो, बुझ्नुहोस्

२७  डिसेम्बर १९८८ मा पटियालामा ६५ वर्षीय गुरनाम सिंहसँग सिद्धुको पार्किङलाई लिएर झगडा भएको थियो । सिद्धुले उनलाई मुक्का हाने । पछि गुरनाम सिंहको मृत्यु भयो । सिद्धु र उनका साथी रुपिन्दर सिंह विरुद्ध अपराधिक हत्याको मुद्दा दर्ता गरिएको थियो ।

सन् १९९९ मा सेशन कोर्टले प्रमाणको अभावमा सिद्धुलाई सफाइ दिएको थियो । पिडित पक्ष यसविरुद्ध पञ्जाब र हरियाणा उच्च अदालत पुग्यो ।

सन् २००६ मा, उच्च अदालतले सिद्धुलाई तीन वर्षको जेल र एक लाख भारु जरिवानाको सजाय सुनाएको थियो ।

सिद्धुले जनवरी २००७ मा अदालतमा आत्मसमर्पण गरेका थिए । जसमा उनलाई जेल पठाइएको थियो । त्यसपछि सिद्धु सर्वोच्च अदालत गएका थिए ।

१६ मे सन् २०१८ मा, सर्वोच्च अदालतले सिद्धुलाई हत्याको आरोपबाट सफाइ दियो । तर, आईपीसी धारा ३२३ को मामलामा, अर्थात् चोट पुर्‍याएकोमा, एक हजार जरिवाना लगाइएको थियो ।  यसविरुद्ध पीडित परिवारले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।

१९ मे २०२२ मा, सर्वोच्च अदालतले सिद्धु बारे आफ्नो निर्णय परिवर्तन गर्दै, उनलाई  चोट पुर्‍याएको भन्दै एक वर्षको जेल सजाय सुनाएको थियो ।

भारतीय सञ्चार माध्यमका अनुसार सिद्धु ​ले जेलमा तीन महिना निःशुल्क काम गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप