शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मरियम नवाजमाथि इमरान खानको टिप्पणी : पूर्व पत्नी रेहम खानले भनिन्, ‘घटिया मान्छे’

शनिबार, ०७ जेठ २०७९, १० : ३६
शनिबार, ०७ जेठ २०७९

‘हेर मरियम, अलिकति ध्यान देउ, तिमीले जसरी मेरो नाम लिइरहेको छौ, त्यसले कतै तिम्रा श्रीमान् नै नरिसाउन् । ’

टिभीमा इमरान खानको भाषण भएको आधा घण्टा भइसकेको थियो र म उनले बोलेका कुराहरु बुँदागत रुपमा नोट गरिरहेको थिएँ । जब मैले यी शब्दहरू सुनेँ,  स्क्रिनमा फर्केर हेरेँ, र्‍यालीमा कोलाहल मच्चिएपछि इमरान खान चुप लागे ।

मुल्तानमा ठूलो जुलुसमा इमरान खानको भाषण फेरि सुरु भयो र त्यहाँ उपस्थित मानिसहरूले उनको प्रशंसा गरे ।

मरियम नवाजको बारेमा इमरान खानको कुराले न ब्रेकिङ न्यूजमा स्थान पाउन सक्छ, न हेडलाइनमा, तर आखिर यो कुरा के हो ? यसबारे उनका समर्थक र आलोचक के भन्छन् ?

सोशल मिडियामा जानु अघि, इमरान खानको भाषणको रेकर्डिङ हेरौं र उनको वाक्यको सन्दर्भ हेरौँ किनभने कतिपय सन्दर्भमा केही बयानबाजीले स्थिति नै फेरिदिन्छ ।

इमरान खानले कसरी कुरा सुरु गरे र समाप्त गरे ?

इमरान खानले विगत केही दिनदेखि जस्तो भाषण दिइरहेका थिए र्‍यालीमा पनि त्यस्तै भाषण दिइरहेका थिए । अचानक उनले एकदमै सरल तरिकामा भने, ‘कसैले मलाई सामाजिक सञ्जालमा भाषण पठाए, मरियमले हिजो कतै भाषण दिइरहेकी थिइन्, मैले सोसल मिडियामा पाएको भाषणमा उनले थुप्रै पटक मेरो नाम लिइरहेकी थिइन् अत्यन्त जोशका साथ । म मरियमलाई भन्न चाहन्छु कि ‘मरियम हेर, थोरै ध्यान दिउ, तिमीले जसरी मेरो नाम लिन्छौ त्यो हेर्दा कतै तिम्रा श्रीमान् नै नरिसाउन् ।’

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको भनाइको सामाजिक सञ्जालमा कडा आलोचना भइरहेको छ भने केही सामाजिक सञ्जाल प्रयोगकर्ताले फरक मत पनि व्यक्त गरेका छन् ।

एक प्रयोगकर्ता जोए खानले भने, ‘इमरान खान र उनको शब्दले मलाई विचलित पारेको छैन, तर भीडको प्रतिक्रिया, कोलाहल, उनका दर्शकहरूको तालीले मलाई तर्साएको  छ । ’

जब इमरान खानले भाषणमा यो कुरा गरेपछि उनी रोकिए र  त्यसपछि सङ्गीत बज्न थाल्यो, त्यसपछि फेरि उनले शरीफ परिवारको उल्लेख गर्न थाले र उनीहरू ९शरिफ परिवार०  लाई उनीसँग के समस्या छ त्यो बुझ्न नसकेको भनेर प्रश्न गर्न थाले ।

यस घटनापछि पाकिस्तानमा मुल्ताना जलसेबाहेक इमरान खान र मरियम नवाज  ट्विटरमा ट्रेन्ड गर्न थालेका छन् ।

सामाजिक सञ्जालमा मानिसहरूले इमरान खानका यी शब्दहरू लेख्दै इमरान खानले वास्तवमै यस्तो भनेका हुन् र भनेर सोधेका छन् ।

फौजिया भट्टी लेख्छिन्, ‘के उनले साँच्चै त्यसो भनेका थिए ? मेरो मतलब, यो साँच्चै डरलाग्दो, धेरै निराशाजनक छ ।’

फौजिया भट्टीले पत्रकार मुबासिर जैदीको ट्विटको जवाफमा यस्तो लेखे, ‘यस देशमा पुरुषहरूको अन्तिम हतियार महिलालाई अपमानित गर्ने हो’ ।

इमरान खानकी पूर्वपत्नी रेहम खानले मरियम नवाजलाई लिएर इमरान खानको टिप्पणीबारे लेखेकी छिन्, ‘मलाई धेरै लाज लागेको छ कि म कुनै समय यस्तो घिनलाग्दो मान्छेसँग जोडिएको थिएँ ।’

इकरुल हसन नामका प्रयोगकर्ताले लेखेका छन्, ‘अब अत्ति भयो । ’ सांसद मोहसिन दाउदले पनि यो अभिव्यक्तिको निन्दा गरेका छन् ।

आफ्ना पूर्व समकक्षीको बयानको निन्दा गर्दै पाकिस्तानका प्रधानमन्त्री तथा मरियम नवाजका नातेदार शाहबाज शरीफले ट्वीट गरेका छन्, ‘छोरी मरियम नवाज शरीफको विरुद्धमा अपमानजनक शब्दहरू प्रयोग गरेकोमा सम्पूर्ण देश र विशेष गरी महिलाहरूले यसको कडा निन्दा गरुन् । यस्ता शब्दको प्रयोगले देश र जनताविरुद्ध तपाईंको अपराध लुक्न सकेको छैन । । मस्जिद(ए(नबवीको पवित्रताको ख्याल नगर्नेहरूबाट आमा, दिदीबहिनी, छोरीहरूको इज्जतको के आशा गर्न सकिन्छ ।’

पूर्व राष्ट्रपति आसिफ अली जरदारीले पनि इमरान खानको भनाइको कडा निन्दा गरेका छन् । उनले लेखेका छन्, ‘जुन इज्जतदारको घरमा आमा–दिदी बहिनी छन्, उनीहरुले यस्तो खालको भाषाको प्रयोग गर्दैनन् । भगवानका लागि यो राजनीतिमा यतिसम्म पनि नगिर्नुहोस् ।’

एक प्रयोगकर्ता, समरिना हाश्मीले लेखे, ‘म यसमा केहि गलत देख्दिनँ, यो छेडछाड हो ।’

एक प्रयोगकर्ता आमिर अवानले आफूलाई इमरान खानको समर्थक भन्दै लेखेका छन्, ‘यो इमरान खानलाई सुहाउँदैन ।’

सामाजिक कार्यकर्ता अम्मार अली जानले लेखेका छन्, ‘मरियम बारे कामुक टिप्पणी गर्ने व्यक्ति त्यही हुन् जसले पुरुष कामुक नहुनका लागि रोबोट होइन भनेका थिए ।  तपाईं इमरान खानलाई यू(टर्नका मास्टर  भन्न सक्नुहुन्छ तर महिलाहरूका विरुद्धमा उनको धारणा वर्षौँदेखि निरन्तर बाहिर आइरहेको छ ।’

इमरान खानको भनाइप्रति निराशा व्यक्त गर्दै आलिया चुगताईले लेखेकी छिन्, ‘जो इमरान खानको बयानको बचाउ गरिरहेका छन्, उनीहरूले आफैंमाथि छानबिन गर्न आवश्यक छ ।’

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप