
एमालेको सिट घट्यो, जनमत घटेन - सचिव अर्याल

नेकपा एमालेकी सचिव पद्मा अर्यालले पार्टीको जनमत नघटेको दाबी गरेकी छिन् । स्थानीय तह निर्वाचनले एमालेको जनमत नघटेको यकिन भएको उनले बताइन् । तर, सिट सङ्ख्या भने पाँच दल गठबन्धन भएर एमालेविरुद्ध लड्दा स्वाभाविक रूपमा केही घटेको उनको भनाइ छ ।
‘गठबन्धन भएर लडेपछि पाँच दलको जनमत यकिन हुन सक्दैन । सबै दल आ–आफ्नै धरातलमा उभिएको भए कसको कति जनमत भन्ने नाप्न सकिन्थ्यो तर एमाले भने एक्लै लड्यो र जनमत निर्धारण भयो । यसले एमाले कमजोर छैन भन्ने पुष्टि गर्यो। तर, स्वाभाविक रूपमा पाँच दल गठबन्धन भएर लड्नाले हाम्रो सिट सङ्ख्या केही कम भयो’, सचिव अर्यालले न्युज कारखानासँग भनिन् ।
पाँच दलले एमालेलाई हराएर कमजोर पार्ने रणनीति लिएको र उक्त रणनीति भने सफल नभएको पनि बताइन् । ‘निर्वाचन परिणाम सोचेभन्दा फरक भइरहेको छ । पार्टीले समीक्षा गर्छ नै’, अर्यालले भनिन्, ‘तर, के हो भने पाँच दलको योजना त एमालेलाई हराउने र कमजोर बनाउने भन्ने थियो । त्यो सफल भएन ।’
सचिव अर्यालले एमाले अध्यक्ष केपी शर्मा ओली वाम एकता विरोधी नभएको पनि दाबी गरेकी छिन् । एजेन्डा मिल्ने र राष्ट्रिय एकताको पक्षधरसँगै एमालेसँग सहकार्य गर्न चाहने शक्तिलाई एकताको ढोका खुला रहेको अर्याल बताउँछिन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ