बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

मिथिला बिहारी नगरपालिकामा काँग्रेस र माओवादी विजयी

शनिबार, ०७ जेठ २०७९, ०८ : ३२
शनिबार, ०७ जेठ २०७९

धनुषाको मिथिला बिहारी नगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार निर्वाचित भएकी छन् । काङ्ग्रेसका राजेन्द्रप्रसाद यादवले ४३०४ मत ल्याई निर्वाचित भएका हुन् । नेकपा एमालेका प्रतिद्वन्द्वी उम्मेदवार समेत रहेका निवर्तमान मेयर अनिलकुमार यादवले ४०४९ मत ल्याएका छन् भने माओवादीका सूर्यनारायण मण्डलले ३७४५ मत प्राप्त गरेका छन् । 

त्यस्तै उपमेयरमा माओवादीकी शोभा देवी साहले ३३३० मत ल्याई निर्वाचित भएकी छन् । उनकी निकटतम नेकपा एकीकृत समाजवादीकी अनिता कुमारीले २७९७ मत प्राप्त गरेकी छन् । त्यस्तै मिथिला बिहारी नगरपालिकाको वडा नम्बर १,४ र १० मा काँग्रेस निर्वाचित भएका छन् भने वडा नम्बर २, ३ र ७ मा माओवादी, वडा नम्बर ५, ६, ८ मा जसपा नेपाल र वडा नम्बर ९ मा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप