शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइराला विजयी

शनिबार, ०७ जेठ २०७९, ०६ : २४
शनिबार, ०७ जेठ २०७९

विराटनगर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका नागेश कोइराला विजयी भएका छन् । गएराति सार्वजनिक गरिएको मतपरिणामको अन्तिम मतपरिणामअनुसार कोइराला ३० हजार १७० मतका साथ विजयी भएका हुन् । 
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सागर कुमार थापाले २१ हजार ४५५ मत पाए । स्वतन्त्र उम्मेदवार उमेश कुमार यादव तेस्रो भए । 

यसैगरी सो महानगरपालिकाको उपमेयरमा एमालेकी शिल्पा कार्की विजयी भइन् । उनले जसपाका अमरेन्द्र यादवलाई पराजित गर्दै विजयी भएकी हुन् । शिल्पाले २५ हजार ६८० मत पाउँदा अमरेन्द्रले १४ हजार २१९ मत पाए । 
विराटनगरमा सत्ता गठबन्धन रहेको थियो । जसअनुसार काँग्रेसले मेयर र जसपाले उपमेयर पाएको थियो । जसमा गठबन्धन तोड्दै उपमेयर एमालेले जितेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप