शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तिम खेलमा रोकियो रियल

शनिबार, ०७ जेठ २०७९, ०६ : २३
शनिबार, ०७ जेठ २०७९

उपाधि विजेता रियल मड्रिडले ला लिगा फुटबलको अन्तिम खेलमा रियल बेटिसँग  शुक्रबार राति गोलरहित बराबरी खेलेको छ । कार्लो एन्सोलोट्टीले ला लिगा च्याम्पियन र कोपा डेल रे विजेताकोबीचको खेलमा बलियो प्लेईङ सेट उतारेका थिए । 

तर, लिभरपुलसँग  यूइएफए च्याम्पियन्स लिगको उपाधि प्रतिस्पर्धा अघि रियल बराबरीमा रोकियो । कप्तान तथा अनुभव स्ट्राइकर करिम बेन्जेमा दुई पटक गोलनजिक रहे पनि गोल गर्न सकेनन् । खेलमा रियलले तीनवटा प्रहार विपक्षीको पोस्टमा गरेको थियो । रियल मड्रिडले सिजनमा ३८ खेल खेल्दै ८६ अंक बनायो । ६५ अंक बनाएको बेटिस पाँचौ स्थानमा रह्यो   । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप