आज चट्याङसहित वर्षाको सम्भावना
हाल नेपालमा स्थानीय वायु, भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव रहेको छ। देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ । सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।
शनिबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही र अन्य प्रदेशहरूका थोरै स्थानमा मेघ गर्जन / चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आइतबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेस प्रदेश केही स्थानहरू र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको पनि सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत
-
‘नेपाल टेलिकमले ५ हजारसम्मको उपहार दिन्छ भन्ने सूचना झुटो’
-
बैंकर्सलाई गभर्नरको सहानुभूतिपूर्ण सन्देश, ‘हिजो ध्यान दिएको भए आजको अवस्था आउँदैनथ्यो’
-
धनगढीमा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने
-
नेपालीले एकदिनमा कति खान्छन् राँगा र भैँसीको मासु ?