ad
x

आश्विन नायक बन्दा दोस्रो स्थानमा उक्लियो राजस्थान

person explore access_timeजेठ ७, २०७९ chat_bubble_outline0

अन्तिम ओभरमा रविचन्द्रन आश्विनको द्रुत ४० रनले राजस्थान रोयल्सलाई आईपीएलको अन्तिम लिग खेलमा चेन्नई सुपर किंग्सलाई हराएर अंक तालिकामा दोस्रो स्थानमा आउन मद्दत गर्‍यो। योसँगै लखनउ अब तेस्रो नम्बरमा आएको छ र उसले क्वालिफायरको सट्टा एलिमिनेटर खेल खेल्नुपर्नेछ ।


मोइन अलीको ९३ र कप्तान धोनीको २६ रनको सहयोगमा चेन्नईले टस जितेर पहिले ब्याटिङ गर्दै १५० रन बनाएको थियो । जवाफमा राजस्थानले यशस्वी जैसवालको ५९ र रविचन्द्रन आश्विनको अविजित ४० रनको मद्दतमा चेन्नईलाई दुई बल बाँकी रहँदा पाँच विकेटले पराजित गर्‍यो। अश्विनले २३ बलमा दुई चौका र तीन छक्का प्रहार गर्दै अविजित ४० रन बनाए ।



अहिले राजस्थान र लखनउको अंक तालिकामा समान १८ अंक छ । तर राजस्थानको नेट रन रेट (०.२९८) लखनउ (०.२५१) को तुलनामा राम्रो छ। यस आधारमा टोली अंक तालिकामा गुजरातपछि दोस्रो स्थानमा रहेको छ ।









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।