दोस्रो विश्व युद्धको समयमा चोरी भएको सुनको औंठी ग्रीस फिर्ता

नोबेल फाउण्डेशन, स्वीडेनले दोस्रो विश्वयुद्धका समयमा ग्रीसको रोड्स टापुबाट चोरी भएको पुरातन महत्वको सुनको औंठी फिर्ता गरेको ग्रीसको संस्कृति मन्त्रालयले शुक्रबार जानकारी गराएको छ । मन्त्रालयका अनुसार सिंहको शरीर र मानिसको टाउको भएको मेसेनियाको हस्ताक्षर रहेको उक्त औंठी बिहीबार स्टकहोममा आयोजित समारोहमा औपचारिक रूपमा फिर्ता गरिएको हो ।
सन् १९२७ मा इटालीको नियन्त्रणमा रहेको रोड्स टापुमा चिहानका लागि छुट्याइएको जमिनमा इटालीको ‘स्कूल अफ आर्कियोलोजी’ले उत्खनन गर्दा उक्त औंठी भेटिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दोस्रो विश्वयुद्धको समय स्थानीय पुरातात्विक संग्रहालयमा राखिएका पुरातन कलाकृतिहरूबाट औंठी चोरिएको थियो ।
हंगेरीको नोबेल पुरस्कार विजेता भौतिकशास्त्री जर्ज भोन बेकेसीले संयुक्त राज्य अमेरिकामा किनेको बताइएको छ । सन् १९७२ मा उनको मृत्युपछि नोबेल फाउन्डेसनले उक्त औंठी संरक्षण गरेको थियो । यो औंठी भूमध्यसागरको स्टकहोम म्युजियम र नजिकैको पूर्वी पुरातन कलाकृतिहरूमा राखिँदै आएको थियो । सन् १९७५ मा संग्रहालयका तत्कालीन निर्देशक, पुरातत्वविद् तथा मसेनियाली युगका विशेषज्ञ कार्ल गुस्ताफ स्टाइरेनियसले यसको परिचय पुष्टि गरेका थिए । औठीलाई रिङ रोड्स पुरातात्विक संग्रहालयमा नै फर्काइने मन्त्रालयले जानकारी गराएको छ । मेसेनियाली युग ग्रीसको काँस्य युगको अन्तिम चरण थियो र यो लगभग १६०० देखि ईसापूर्व ११०० रहेकोे थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना