शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गणेशमान चारनाथ नगरपालिकामा नेपाली काँग्रेस विजयी

शुक्रबार, ०६ जेठ २०७९, २२ : २१
शुक्रबार, ०६ जेठ २०७९

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा नेपाली काँग्रेसका मेयरमा नेपाली काँग्रेसका जित नारायण यादव ३ हजार १०८ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका रामचलितर यादवले २ हजार ७६० मत ल्याएका छन् भने राप्रपाका जेकसन हमाल ठकुरीले २ हजार ६७० मत पाएका छन् ।

त्यस्तै, निवर्तमान मेयर रामबाबु यादव १ हजार ३२३ मत ल्याएर छैटौँ स्थानमा रहेका छन् । जसपाले टिकट नदिएपछि लोसपामा प्रवेश गरेका निवर्तमान मेयर यादवले आफ्नो जमानत पनि जोगाउन सकेन ।त्यस्तै उपमेयरमा काँग्रेसकी तुलसा कुमारी पाण्डेय निर्वाचित भएकी छन् ।

 उनले ३ हजार २८३ मत ल्याइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी जसपा नेपालकी गणिता कुमारी महतोले २ हजार ४२९ मत ल्याइन् । त्यस्तै, नेकपा माओवादी केन्द्रकी श्रीविन्दु मास्केले २ हजार २६६ मत ल्याइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप