ad
x

बूढानीलकण्ठमा कार्यपालिका निर्वाचन जेठ १७ मा हुने

person explore access_timeजेठ ६, २०७९ chat_bubble_outline0

काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाको कार्यपालिका निर्वाचन जेठ १७ गते हुने भएको छ । बूढानीलकण्ठ नगरपालिकाले स्थानीय तह सदस्य निर्वाचन २०७९ को पहिलो चरणको निर्वाचन सम्पन्नपश्चात् दोस्रो चरणका लागि आज नयाँ मिति तोकेको हो ।


बूढानीलकण्ठमा जेठ ८ गते बिहान १० देखि १ बजेसम्म मतदाता नामावली प्रकाशन गर्ने, १ देखि ४ बजेसम्म नामावली सच्याउने, ४ देखि ५ बजेसम्म संशोधित मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका तोकेको छ । यस्तै, जेठ ९ गते मतदाताको विरोधमा उजुरी दिने र उजुरीउपर जाँचबुझ गर्ने, जेठ १० गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, जेठ ११ गते उम्मेदवारको मनोनयन पत्र दर्ता र मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका तोकिएको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिए।



यस्तै, जेठ १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने र मनोनयनपत्र जाँच गर्ने र उजुरीउपर निर्णय गर्ने, जेठ १३ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । यसैगरी जेठ १४ गते उम्मेवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र जेठ १७ गते मतदान गर्ने कार्यक्रम रहेको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिए ।









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।