बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङको पथरी शनिश्चरे नगरपालिकामा एमाले र काँग्रेस विजयी

शुक्रबार, ०६ जेठ २०७९, २२ : ०५
शुक्रबार, ०६ जेठ २०७९

मोरङको पथरी शनिश्चरे नगरपालिकाको प्रमुख पदमा नेकपा(एमाले)का मोहनप्रसाद तुम्वापोले १२ हजार ९५६ मत प्राप्त गरी विजयी भएका छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नगेन्द्रबहादर सुब्बाले ११ हजार १४६ मत प्राप्त गरेका छन् । 

उपप्रमुखमा एमालेका देवीमाया काफ्लेले ११ हजार ७४७ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी कविता पराजुलीले ११ हजार ३९० मत प्राप्त गरिन् । उक्त पालिका–१, २, ७, ९ र १० मा एमालेका उम्मेदवारहरू वडाध्यक्षमा निर्वाचित भएका छन् भने कांग्रेसका उम्मेदवारहरू ३, ४, ५, ६ र ९ वडाको अध्यक्षमा विजयी हासिल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप