शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नुवाकोटको विदुर नगरपालिकाको मेयरमा राजन र उपमेयरमा प्रभा बोगटी विजयी

शुक्रबार, ०६ जेठ २०७९, २१ : ४३
शुक्रबार, ०६ जेठ २०७९

नुवाकोटको विदुर नगरपालिकाको मेयरमा राजन श्रेष्ठ र उपमेयरमा प्रभाव बोगटी विजयी भएका छन् । विदुरमा भएको सत्ता गठबन्धनबीचको तालमेल दुबै पदमा सफल भएको छ । 
निर्वाचन आयोगका अनुसार मेयरका उम्मेदवार नेपाली काँग्रेसका श्रेष्ठले १५ हजार ८२६ मत पाएर विजय हासिल गरेका छन् भने माओवादी केन्द्रकी प्रभाले १२ हजार ८६० मत पाएकी छन् । नुवाकोटको तुप्चेकी प्रभाव बोगटी दिवंगत नेता पोष्टबहादुर बोगटीकी छोरी हुन् । 

मतपरिणामअनुसार प्रभावले उपमेयरमा एमालेकी अम्बिका पौडेललाई हराएकी हुन् । अम्बिकाले ११ हजार ९९५ मत पाइन् । यस्तै श्रेष्ठले एमालेकै सञ्जु पण्डितलाई हराएका हुन् । सञ्जु १२ हजार १५४ मत ल्याएर पराजित भए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप