
हावाहुरीले रुख ढलेर कैलालीमा बस किचियो, ५ जना घाइते

हावाहुरीले रुख ढल्दा कैलालीमा बस र चितवनको भरतपुरमा अटो किचिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले भरतपुर–११ स्थित भोजाडमा रुख ढलेर अटोलाई किच्दा ३ जनाको मृत्यु भएको जानकारी दिए ।
यसैगरी कैलालीको लम्किचुहा–८ स्थित गप्कामा हावाहुरीपछि रुख ढल्दा बस किचिएको छ । गुडिरहेको से १ ख १८०६ नम्बर सुदूरपश्चिम यातायातको बस रुख बज्रिन पुगेको थियो । सो घटनामा ५ जना यात्रु घाइते भएका छन् भने उनीहरुको लालरत्न अस्पतालमा उपचार भइरहेको कैलाली प्रहरीले बताएको छ ।
यसैबीच आजै चितवनको नारायण पुल नजिक पनि हावाहुरीले ट्रक पल्टिदा २ जना घाइते भएका थिए । शुक्रबार साँझ देशका विभिन्न स्थानमा एकाएक तीव्र हावाहुरीसहित वर्षा भएको थियो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ