रुपन्देहीको सैनामैना नगर प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमाले विजयी
रुपन्देहीको सैनामैना नगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली काँग्रेसका फणेन्द्रप्रसाद शर्मा निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेका शर्माले १५ हजार ६ सय ८६ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चित्र बहादुर कार्कीले १५ हजार १ सय ४ मत मात्र प्राप्त गरे । शर्माले निवर्तमान प्रमुखलाई ५ सय ८२ मतले पछि पार्दै विजय निकालेका हुन ।
त्यस्तै उपाध्यक्षमा एमालेकी विना राना १५ हजार ७ सय ६२ मत ल्याउँदै विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार मान बहादुर महतले १३ हजार ७ सय २० मत ल्याए ।
११ वटा वडा रहेको नगरमा वडा नम्बर १ वडा नम्बर १ मा माओवादीका भुवन बहादुर क्षेत्री २ हजार ३ सय ९१ मत ल्याई विजयी भए । वडा नम्बर २ मा नेकपा एमालेका अम्मर बहादुर केल ९ सय ४५ मत प्राप्त गरे, यस्तै वडा नम्बर ३ मा नेकपा एमालेका तम बहादुर पुर्जा १ हजार ३ सय ९६ मत ,वडा नम्बर ४ मा नेपाली काँग्रेसका राम प्रसाद अधिकारी २ हजार १ सय ८३ मतका साथ विजय भए ।
वडा नम्बर ५ मा एमालेका धन प्रसाद पौडेल १ हजार ४ सय ६० मतले, वडा नम्बर ६ मा काँग्रेसका गोपाल पोख्रेल १ हजार ८ सय २२ मतले, वडा नम्बर ७ मा पनि काँग्रेसकै राज कुमार चौधरी १ हजार १० मतले, वडा नम्बर ८ मा नेकपा एमालेका बुद्धिराम चौधरी थारु १ हजार २ सय १९ मतले, वडा नम्बर ९ मा एमालेकै भानुभक्त पाण्डे १ हजार १ सय ४९ मतले विजयी बनेका छन् ।
यस्तै वडा नम्बर १० मा एमालेकै कृष्ण प्रसाद घिमिरे १ हजार ७ सय १२ मतले र वडा नम्बर ११ मा एमालेकै उम्मेदवार राम प्रसाद भुसाल १ हजार ६ सय ५ मत सहित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अर्ग्यानिक उत्पादनको माग बढी छ’
-
कोशी प्रदेश : कृषिजन्य वस्तुको निर्यात निरन्तरतामै सीमित
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
बागमतीमा बजेटमाथिको विवाद कायमै, सरकारले देखायो ‘आयोजना बैंक’
-
रात्रिकालीन उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछ: मन्त्री पाण्डे
-
नरसंहार बन्द गर्न जेलेन्स्की र पुटिनलाई ट्रम्पको अनुरोध