भरतपुर अपडेटः मेयर र उपमेयरमै गठबन्धनको अग्रता, कसको कति मत ?
शुक्रबार, ०६ जेठ २०७९, २० : १२
भरतपुर महानगरपालिकामा खसेको मध्ये कुल ६१ हजार २५ मत गणना सकिएको छ । शुक्रबार राति ८ बजेको मतपरिणाम अनुसार सत्ता गठबन्धनका मेयर र उपमेयरका दुबै उम्मेदवार अघि रहेका छन् । गठबन्धनबाट मेयर उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले २३ हजार १९२ मत पाएकी छन् भने काँग्रेसका उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले २५ हजार ४४१ मत पाएका छन् ।
यस्तै एमाले–राप्रपा गठबन्धनका उम्मेदवार विजय सुवेदीले १९ हजार ७४६ मत पाएका छन् भने राप्रपाकी उपमेयर उम्मेदवार हिमला गुरुङले १५ हजार ५७६ मत पाएकी छन् ।
यस्तै मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले पनि ८५२९ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-
अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प
-
ओस्कारबाट बाहिरियो ‘शाम्बाला’