शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस छाडेर हृदयेश त्रिपाठीको पार्टीबाट उम्मेदवार बनेका बरई निर्वाचित

शुक्रबार, ०६ जेठ २०७९, २० : ०९
शुक्रबार, ०६ जेठ २०७९

रुपन्देहीको मर्चवारी गाउँपालिकामा हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार गयाप्रसाद बरई अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनले नेपाली काँग्रेसका ज्ञान प्रकाश मिश्रलाई पराजित गरेका हुन् ।

बरई यसअघि नेपाली काँग्रेसमै थिए । काँग्रेसले टिकट नदिएपछि उनी त्रिपाठी नेतृत्वको नयाँ पार्टीमा पुगेका हुन् । नेपाली काँग्रेसले नपत्याएपछि आफूले जनताको सेवा गर्न नयाँ दल रोजेको उनले बताए ।​ बरईले ४ हजार ३८४ मत प्राप्त गरेर निर्वाचित हुँदा काँग्रेसका उम्मेदवार मिश्रले ३ हजार २४५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

बरई उम्मेदवारी दर्ताको अन्तिम दिन जनता प्रगतिशील पार्टीमा प्रवेश गरेर अध्यक्षको उम्मेदवार बनेका थिए । उपाध्यक्षमा पनि जनता प्रगतिशील पार्टीकै आशा सिंह २ हजार ९६५ मत ल्याई विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी सुमन यादवले २ हजार ४०९ मत प्राप्त गरिन् ।

पालिकाको वडा नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टीका कृष्ण कुमार सिंह ७६३ मत ल्याई विजयी भएका छन् । वडा नम्बर २ मा लोसपाकै शशीदयाल चौधरी ९८३ मतसहित विजयी भए भने ३ मा नेपाली काँग्रेसका जनार्दन यादव ५७७ मत ल्याइ विजयी भएका छन् ।

यस्तै, वडा नम्बर ४ मा लोसपाका ओम प्रकाश चौधरी ४९४ मतसहित विजयी हुँदा ५ मा जनता प्रगतिशील पार्टीका कृष्णकुमार सिंह ५४४ मत ल्याई विजयी भए । वडा नम्बर ७ मा जनता प्रगतिशील पार्टीका गनेश चौधरी कुर्मी ४८७ मत ल्याई विजयी भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप