शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महिला हिंसा सम्बन्धमा प्रकाशित भिडियोमाथि छानविन गर्न समिति गठन

शुक्रबार, ०६ जेठ २०७९, १९ : ४४
शुक्रबार, ०६ जेठ २०७९

केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिंसा सम्बन्धमा प्रकाशित भिडियोबारे गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समिति बनाएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुवरको नेतृत्वको समितिमा प्रहरी  उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का  रहेका छन् । समितिले शुक्रबारबाटै काम सुरु गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप