शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मकवानपुरको बागमतीमा गठबन्धन विजयी

शुक्रबार, ०६ जेठ २०७९, १९ : ०५
शुक्रबार, ०६ जेठ २०७९

मकवानपुरको बागमती गाउँपालिकामा सत्तारुढ गठबन्धनले विजय हासिल गरेको छ । गठबन्धनतर्फ गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका सर्केश घलान विजयी भएका हुन् ।

यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार फणिन्द्र तिमल्सिना निर्वाचित भएका छन् । सर्केशले नेकपा एमालेका उम्मेदवार खेम जर्गामगरलाई पराजित गरेका हुन् । सर्केशले ७ हजार ३८४ मत प्राप्त गरेका थिए । पराजित खेमले ६ हजार १६६ मत प्राप्त गरेका थिए ।

उपमेयरमा विजयी भएका फणिन्द्रले ७ हजार ९३५ मत प्राप्त गरेका थिए भने एमालेकी धनमाया स्याङ्तानले ४ हजार ६६९ मत प्राप्त गरेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप