
भरतपुरमा ३४३२ मतले रेनुले बनाइन् अग्रता, कसको कति मत ?

भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले निरन्तर अग्रता बढाउँदै लगेकी छन् । शुक्रबार साँझ पौने ७ बजेको विवरणअनुसार रेनुले ३४३२ मतको अग्रता बनाएकी हुन् ।
कुल ६० हजार ९२५ मत गणना हुँदा रेनुले २३ हजार १५४ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले १९ हजार ७२२ तथा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार ५१३ मत पाएका छन् ।
यस्तै उपमेयरमा चित्रसेन अधिकारीले २५ हजार ३९२ मत तथा राप्रपाकी हिमला गुरुङले १५ हजार ५३८ मत पाएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ