बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बाराको कलैयामा संविधानसभा सदस्यलाई हराउँदै गृहणी बनिन् उपप्रमुख

शुक्रबार, ०६ जेठ २०७९, १८ : ४९
शुक्रबार, ०६ जेठ २०७९

बाराको कलैया उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनलाई हराउँदै नेकपा एमाले विजयी भएको छ । गठबन्धनलाई हराएर एमालेले प्रमुख र उपप्रमुखमा विजयी भएको हो ।

उपमहानगरको प्रमुखमा एमालेका उम्मेदवार बिनोद साह २४ हजार १३९ मत ल्याएर विजय हुँदा उनका प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका राजेश राय यादवले १८ हजार ५४० मत प्राप्त गरेका छन् । साह र यादवबीच २०७४ को स्थानीय तह निर्वाचनमा पनि प्रतिष्पर्धा भएको थियो । त्यसबेला प्रमुख/उपप्रमुख दुवैमा काँग्रेसले जितेको थियो ।

यस्तै उपप्रमुखमा एमालेकी उम्मेदवार रौशन परविन विजयी भएकी छन् । परविनले १९ हजार २५१ मत ल्याएर विजयी हुँदा गठबन्धनतर्फका जनता समाजवादी जसपाका प्रमोद गुप्ताले १८ हजार ३०२ मत ल्याई पराजित भए । परिवन मुस्लिम समुदायकी गृहणी महिला हुन् भने गुप्ता २०६४ सालका संविधानसभा सदस्य तथा २०७४ का कलैया उपमहानगर प्रमुखका उम्मेदवार हुन् ।  

वडामा विजयी:  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप