शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धुलिखेल नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा काँग्रेस विजयी

शुक्रबार, ०६ जेठ २०७९, १८ : २९
शुक्रबार, ०६ जेठ २०७९

 काभ्रेको धुलिखेल नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार अशोककुमार व्याञ्जु श्रेष्ठ र उपमेयरमा काँग्रेसका निराजन जंगम विजयी भएका छन् । शुक्रबार सार्वजनिक मत परिणमअनुसार व्याञ्जुले स्वतन्त्र उम्मेदवार विदुर बस्नेतलाई ९४० मत अन्तरले पराजित गरेका हुन् । 
व्याञ्जुले ८ हजार ३ सय ५१ मत ल्याउँदा बस्नेतले ७ हजार ४ सय ११ मत ल्याए । गठबन्धनबाट मेयरमा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका दया सागर श्रेष्ठले १ हजार ८१९ मत मात्रै प्राप्त गरे ।
उपमेयरमा कांग्रेसका जंगमले ७ हजार ९ सय ३८ मत ल्याउँदा एमालेकी लालतारा अधिकारीले ७ हजार ७ सय ९१ मत प्राप्त गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप