शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनामा अहोरात्र खटिएका गज्जु : कान्छा वडाध्यक्ष बन्दाको फराकिलो जित

शुक्रबार, ०६ जेठ २०७९, १८ : २८
शुक्रबार, ०६ जेठ २०७९

धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा बढी मतान्तरले विजय भएका छन् । हालसम्म मतगणना सम्पन्न भएको वडा अध्यक्षको मतपरिणाम अनुसार दोब्बर बढी मतान्तरले विजयी भएका हुन् । उनी धनगढी उपमहानगरपालिकाको सबैभन्दा कान्छा वडाध्यक्ष समेत बनेका छन् । उनको हालको उमेर ३१ वर्ष रहेको छ । 

काँग्रेसका शाहीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धिमलाल जोशीसँग ११४८ मतान्तरले विजयी भएका हुन् ।  कुल खसेको ४ हजार ७ सय ७९ मतमध्ये शाहीले एक हजार ९३७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जोशीले ७ सय ८९ मत पाएका छन् । नगरकै कान्छा वडा अध्यक्ष शाहीले प्यानलसहित जित हासिल गरेका हुन् । सदस्यमा नेपाली काँग्रेसका विपिन कटुवाल, दत्तुराम पाण्डे, यशोदा भण्डारी र माया ताम्राकार विजयी भएका छन् । वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार टेकराज ओझा (चुनाव चिन्ह धारा) ले ४ सय २६ मत पाएका छन् । टेकराज ओझा काँग्रेसका वडा नम्बर ५ का सभापति हुन् । तर, उनले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । अर्का स्वतन्त्र उम्मेदवार पदमराज भट्ट चुनाव चिन्ह (आँप) ले ४ सय ५४ मत पाए ।

को हुन कान्छा वडाध्यक्ष शाही ? 

३१ वर्षीय गजेन्द्र शाहीलाई अहिले नचिन्न सायदै कम होलान् । पछिल्ला दुई वर्षको कोरोना महामारीपछि कैलालीमा सामाजिक काममा अग्रसर भएपछि उनलाई धेरैले चिनेका हुन् । धनगढीका विभिन्न स्थानहरूमा कपडा बैंक शाहीको योजनामा पहिलो पटक सञ्चालन गरिएको थियो । उनले नेतृत्व गरेको रोयल कोल्याब्रोटिभ्सले कपडा बैंक सञ्चालन गरेसँगै कोरोना कालमा गरेका कामहरूका कारण शाहीले वाही-वाही कमाएका थिए । कोरोनाको महामारीपछि सीमा नाकामा घर फर्किनेहरूलाई दानापानी अभियान सञ्चालन गरेका थिए । उनले एक महिनाभन्दा बढी समय सीमा नाकामै बिताए ।

धनगढीमा मात्रै होइन काठमाण्डौंमा खाना खुवाउने अभियान सञ्चालन गरेपछि उनको चर्चा देशव्यापी भयो । शाहीले नै चाडपर्वका बेला विपन्न वर्गलाई निःशुल्करुपमा उपहारस्वरुप खाद्यान्न लत्ताकपडा र अन्य घरायसी सामानहरू वितरण गर्दै आएका छन् । धनगढीमै कुलतमा लागेका युवाहरूलाई सुधार्न शाहीले सुधार केन्द्र पनि खोलेका छन् । रक्तदान सरसफाइ सहयोग लगायतका कार्यक्रमहरू गर्न उनी सधैँ अग्रपंक्तिमा हुन्छन् । सुत्केरीहरूलाई पोषणयुक्त खाना खुवाउने अभियान सञ्चालन गरेका गजेन्द्र शाहीको पछिल्लो समय सामाजिक काममा अग्रसर हुनु उनको मोह नै भइसकेको छ । समाज सेवालाई उनले आत्मसन्तुष्टिको माध्यम बनाएका छन् । अरूका लागि र समाजका लागि केही न केही भलो हुने काम गर्न नै पाए खुसी हुन्छन् उनी । अरूका लागि उनी मरिमेटी लागिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप