
सरकारको नीति तथा कार्यक्रम जेठ १० गते पेश हुने
सांसदहरुलाई तोकिएको पोशाक लगाउन निर्देशन

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम यही जेठ १० गते संघीय संसदमा पेश गर्ने भएकी छन् । राष्ट्रपति भण्डारीले १० गते संघीय संसदको दुबै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्दै नीति तथा कार्यक्रम पेश गर्ने भएकी हुन् ।
संसदमा जारी आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता, नीति तथा कार्यक्रमको सन्दर्भमा राष्ट्रपतिले सो दिन संयुक्त सभालाई सम्बोधन गर्ने संसद सचिवालयले जनाएको छ । सभामुख अग्निप्रसाद सापकोटाले जेठ १० गते मंगलबार दिउँसो ४ बजे राष्ट्रपतिले सम्बोधन गर्ने कार्यतालिका रहेको सचिवालयले उल्लेख गरेको छ ।
यस्तै शुक्रबार बसेको संसद बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुलाई तोकिएकै पोशाकमा उपस्थित हुन निर्देशन दिएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ