बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पश्चिमा मुलुकहरुको मोडेलबाट देशको आर्थिक विकास हुँदैन : खनाल

शुक्रबार, ०६ जेठ २०७९, १७ : ४७
शुक्रबार, ०६ जेठ २०७९

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पश्चिमा मुलुकहरुको मोडेलबाट मुलुकको आर्थिक क्षेत्रको विकास हुन नसक्ने बताएका छन् । सम्मानित नेता खनालले आफ्नै मुलुकको आर्थिक स्थितिमा आधारित रहेर मुलुकको आर्थिक विकास गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन जरुरी रहेको पनि बताए ।

सरकारको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक विकासका लागि कृषि क्षेत्र र औद्योगिक क्षेत्रमा लगानी बढाउने गरी बजेट ल्याउन पनि सुझाव दिए ।  नेता खनालले मुलुकको आर्थिक विकासका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर विकासमा पनि जोड दिनुपर्ने आवश्यक्ता औंल्याए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप