
बसन्त लामालाई एआईजीको फुली, २ दिन कार्यकाल !

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका बसन्त कुमार लामालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । शुक्रवार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आईजीपी धिरज प्रताप सिंहले उनलाई एआईजीको फुली लगाइदिएका हुन् ।
शुक्रवार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका लामाको कार्यकाल २ दिन मात्र हुनेछ । एआईजीको ५६ वर्षको उमेर हदका कारण उनि जेठ ७ मा राति १२ बजेबाट अवकाशमा जान्छन् ।
लामालाई शनिवार र आइतबारको बिदा सकिएपछि बिदाई गरिने प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । वैशाख २३ मा बढुवा समितिले डिआईजी लामालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागी सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले प्रहरीमा ५ एआईजीको दरबन्दी रिक्त हुँदा लामालाई मात्रै बढुवा गरेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ