बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एलन मस्कमाथि यौन उत्पीडनको आरोप : विमान परिचारिकालाई ‘इरोटिक’ मसाज गरिदिन दबाब, चुप राख्न ३ करोड

शुक्रबार, ०६ जेठ २०७९, १७ : ३६
शुक्रबार, ०६ जेठ २०७९

स्पेसएक्स र टेस्लाका मुख्य कार्यकारी अधिकारी एलन मस्कमाथि यौन उत्पीडनको आरोप लागेको छ । यो घटनालाई दबाउनका लागि स्पेसएक्सले विमान परिचारिकालाई २,५०,००० डलर (करिब ३ करोड रुपैयाँ) दिइएको थियो । यो उत्पीडनको यो मामिला सन् २०१६ को हो र यो रकम सन् २०१८ मा दिइएको थियो ।

बिजनेस इनसाइडरको एक रिपोर्टमा विमान परिचारिका स्पेसएक्सको कर्पोरेट जेट फ्लिटका लागि सम्झौताको आधारमा काम गर्ने गर्थिन् । उनले मस्कमाथि लगाएको आरोप अनुसार  मस्कले बिना सहमति उनको खुट्टा र हात सुम्सुम्याएको र यौन क्रियाकलापमा संलग्न हुन भने ।

इरोटिक मसाजको साटो घोडा दिने अफरः

बिजनेस इनसाइडरमा प्रकाशित रिपोर्ट अनुसार विमान परिचारिकाकी साथीको अन्तरवार्ता र दस्तावेजको आधारमा मस्कले उनलाई आफ्नो गुप्ताङ्ग देखाए र उनलाई इरोटिक मेसेजको साटो घोडा दिने अफर दिए किनभने उनी घोडसवारी गर्थिन् ।

रिपोर्टमा बताइए अनुसार विमान परिचारिकालाई मसाजको तालिम र यसको लाइसेन्स लिनका लागि भनियो ताकि उनले मस्कलाई मसाज गर्न सकून् । मस्कको गल्फस्ट्रिम .... को नीजि क्याबिनमा यो घटना भएको थियो ।

मस्कले घटनालाई राजनीतिद्वारा प्रेरित बताएः

इनसाइडरले जब यो मामिलाको विषयमा मस्कसँग सम्पर्क गर्यो तब जवाफ दिनका लागि केही समयको माग गर्दै यो कहानीमा बाहिर नदेखिएका अन्य पाटो पनि भएको बताए । उनले यसलाई राजनीतिबाट प्रेरित भएको बताउँदै लेखे, ‘यदि मैले यस्तो कुरा गरिरहेको भए ३० वर्षको करियरमा यो सबै कुरा सार्वजनिक भइसकेका हुन्थे ।’

एलन मस्कले यो मामिलामा एउटा ट्वीट पनि गरेका छन् र यसलाई ‘एलनगेट’ नाम दिइएको छ । वास्तवमा सन् २०२१ मा उनले एउटा ट्वीट गरेका थिए जसमा उनले भनेका थिए, ‘यदि मसँग सम्बन्धित कुनै स्क्यान्डल सार्वजनिक भए भने कृपया यसलाई एलनगेट भन्नुहोस् ।’ आफ्नो ट्वीटसँग उनले फन्नी इमोजी पनि बनाएका छन् ।

मस्कले आफ्नो यौनाङ्ग देखाएः

विमान परिचारिकाले आफ्ना साथीलाई यसबारे सम्पूर्ण जानकारी दिएकी थिइन् । उनकी साथीले दिएको जानकारी अनुसार एलन मस्कले सन् २०१६ मा उडानका बेला आफ्नो पूरा शरीरको मालिसका लागि उनलाई कोठामा आउन भनेका थिए । जब उनी कोठामा पुगिन् तब उनले मस्कले शरीरको तल्लो भागलाई एउटा कपडाले मात्रै ढाकेका थिए । मालिसका बेला मस्कले आफ्ना यौनाङ्ग देखाएको र त्यसपछि उनको अंगलाई छोएका थिए ।

त्यसपछि मस्कले यौन क्रियाकलापमा संलग्न भएबापत् घोडा उपहार दिन अफर दिए । विमान परिचारिकाले यस्ता क्रियाकलापमा सहभागी हुन अस्वीकार गर्दै मालिस गर्न जारी राखिन् । उनले भनिन्, ‘फ्लाइट अटेन्डेन्ट इज नट फर सेल । उनीहरु पैसा र उपहारका लागि यौन क्रियाकलापमा संलग्न हुन सक्दैनन् ।’ यो घटना लण्डनको उडानका बेला भएको थियो ।

विमान परिचारिकालाई जागिरबाट निकाल्ने कोसिस हुन थाल्योः

विमान परिचारिकाले आफ्नी साथीलाई दिएको जानकारी अनुसार यो घटनापछि चिजहरु सामान्य हुनसक्लान् भन्ने उनलाई लागेको थियो तर उनीमाथि राम्रो व्यवहार नभइरहेको उनले महसुस गर्न थालिन् । उनको शिफ्टमा कटौती गरिएको थियो र उनी तनावमा हुन थालिन् । उनलाई बाहिर निकाल्न लागिएको र उनलाई सजाय दिँदै गरेको भन्ने महसुस गर्न थाले ।

एचआर डिपार्टमेन्टमा उजुरीमाथि सम्झौताः

सन् २०१८ मा जब विमान परिचारिकालाई मस्कको प्रस्ताव स्वीकार नगर्दा स्पेसएक्समा उनको अवसर कम हुँदै गएको भन्ने भान भयो तब उनले क्यालिफोर्नियाका एक एम्प्लोयमेन्ट वकिललाई हायर गरे । वकिलमार्फत् यसबारे उजुरी एचआर डिपार्टमेन्टलाई पठाइयो । त्यसपछि एक मिडिएटरसँग सेशनमा उजुरीको समाधान गरियो ।

यो सेसनमा मस्क पनि व्यक्तिगत रुपमा समावेश भएका थिए । मामिला अदालतसम्म पुगेन । नोभेम्बर सन् २०१८ मा मस्क, स्पेसएक्स र विमान परिचारिकाबीच एक सम्झौता भयो । यो सम्झौता अन्तर्गत उनलाई २,५०,००० डलर दिइयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप