शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्थानीय तह निर्वाचन : काँग्रेसले तोड्यो एमालेको रेकर्ड

शुक्रबार, ०६ जेठ २०७९, १७ : ३६
शुक्रबार, ०६ जेठ २०७९

स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले एमालेको रेकर्ड ब्रेक गरेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले ७५३ मध्ये २९४ स्थानीय तह जितेको थियो ।  यस पटकको निर्वाचनमा नेपाली काँग्रेसले एमालेको पुरानो रेकर्ड ब्रेक गर्दै सवै स्थानीय तहको मत गणना नसक्दै २९६ स्थानीय तह जितेको छ । शुक्रबार अपरान्हसम्मको तथ्यांकमा काँग्रेसले नगरपालिका तथा उपमहानगर पालिका प्रमुखमा ११२ र गाउँपालिका अध्यक्षमा १८४ पद जितेको हो ।

 २०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेसले २६७ स्थानीय तहमात्र जितेको थियो । त्यस्तै नेकपा माओवादीले १०६ जितेको थियो । यसपटक माओवादी केन्द्रले पनि विगतको तुलनामा बढी स्थानीय तह अहिले नै जितिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप