शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडामा मतगणना नसकिँदै एमालेका उम्मेदवारले दिए बधाई

शुक्रबार, ०६ जेठ २०७९, १७ : २४
शुक्रबार, ०६ जेठ २०७९

मतगणना नसकिँदै एमालेका हेटौंडाको मेयर र उपमेयर पदका उम्मेदवारले गठबन्धनका उम्मेदवारलाई बधाई दिएका छन् । हेटौंडा उपमहानगरपालिकाको करिब ४ हजार मत गन्न बाँकी हुँदै एमालेका उम्मेदवारले हार स्वीकार गर्दै गठबन्धनका उम्मेदवारलाई बधाई दिएका हुन्  ।

एमालेबाट मेयर पदका उम्मेदवार अनन्त पौडेलले गठबन्धनबाट मेयर पदका उम्मेदवार एकीकृत समाजवादीकी मीना लामालाई भेटेरै बधाई दिएका छन् । यस्तै उपमेयर पदकी उम्मेदवार सुमित्रा काफ्लेले पनि बधाई दिएका छन् । दुबै उम्मेदवारले गठबन्धनबाट मेयर उम्मेदवार लामा र उममेयर उम्मेदवार राजेश बानियाँलाई भेटेरै बधाई दिएका हुन् ।

हेटौंडामा कुल मतदाता मध्ये ७३ हजार ४ सय १४ मत खसेकोमा पछिल्लो मत परिणामअनुसार ६९ हजार ६ सय ९६ मत मात्रै गणना भइसकेको छ । गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी लामाले एमाले उम्मेदवारसँग २ हजार ७७ मतान्तर कायम राखेकी छन् । तर, ३ हजार ७ सय १८ मत गणना हुने क्रममा रहको छ ।  अहिले हेटौंडा ९,१०,११,१२ र १३ नम्बर वडाको मतगणना जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप