बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘नेपाल फेशननिस्टा २०२२’ सम्पन्न

शुक्रबार, ०६ जेठ २०७९, १७ : २१
शुक्रबार, ०६ जेठ २०७९

‘नेपाल फेशननिस्टा २०२२’ आयोजना भएको छ । एएसएपी इन्टरटेन्मेन्टको आयोजनामा पोखरमा सम्पन्न कार्यक्रममा सेलिब्रेटी र्याम्पमा देखिएका छन् ।

नेपालको मौलिकता जोगाउने उदेश्यले आयोजित कार्यक्रममा दीपक घिमिरे, दिक्पाल कार्की, सन्तोष अधिकारी, एन्जल श्रेष्ठलगायत सेलिब्रेटी र्याम्पमा प्रस्तुत भएका हुन् । कार्यक्रममा विभिन्न समुदायका पहिरन समेत प्रस्तुत गरिएको थियो ।

‘नेपाल फेशननिस्टा २०२२’को कोरियोग्राफीमा दिक्पाल कार्कीले गरेका थिए । सम्झना गुरुङ, रविन परियार, तृष्णा गुरुङ र दुर्गा बिस्ट डिजाइनरका फेसन र्याम्पमा प्रस्तुत भएका थिए । कार्यक्रममा गायक बादल थापा मगर र गायिका ममता गुरुङको प्रस्तुति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप