शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बजेट निर्माणका सन्दर्भमा म तीन वटा कुराबाट निर्देशित छु : अर्थमन्त्री शर्मा

शुक्रबार, ०६ जेठ २०७९, १७ : १६
शुक्रबार, ०६ जेठ २०७९

अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका सन्दर्भमा मुख्यतः आफु तीन कुराबाट निर्देशित भएको बताएका छन् । आगामी आर्थिक वर्षको प्रस्तावित विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामा माथि माननीयहरुले बजेट कहाँबाट निर्देशित छ भनेर प्रश्न गरिएको भन्दै अर्थमन्त्री शर्माले अरु कहीँबाट नभएर आफु मुख्य तीन कुराबाट निर्देशित भएको जिकिर गरे । 

अर्थमन्त्री शर्माले भने, ‘छलफलका क्रममा अघि एक जना माननीयले प्रश्न गर्नु भयो, ‘बजेट कहाँबाट निर्देशित छ ?’ म उहाँलाई भन्न चाहन्छु बजेट निर्माणको सवालमा मुख्य तीन कुराबाट निर्देशित छु । बजेट निर्माण गर्दैगर्दा मैले बाजुराका ती अत्यन्त न्यून आय भएका गरिब जनताहरुलाई हेरेको छु । रौतहटका मुसहर बस्तीलाई हेरको छु र उप्पर गोरखाका जनजातीहरुलाई हेरेको छु । हो म यहीँबाट निर्देशित छु र सोही वास्तविकतालाई बजेटमा समेट्ने, सम्बोधन गर्ने प्रयत्न गरेको छु’ उनले भने । 

सो अवसरमा मन्त्री शर्माले सरकार कसरी उत्पादन वृद्धि गर्न सकिन्छ, कसरी भौतिक पूर्वाधार तथा यातायातका क्षेत्रको विकास गर्न सकिन्छ र सबै जनताहरूले महशुस गर्नेगरि समानता, समुन्नत र समतामुलक समाजको निर्माणका गर्न सकिन्छ त्यतातर्फ लागेको बताए । सोही कुरा बजेटको सिद्धान्त तथा प्राथमिकतामा समेत आफुले समेटेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप