शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुको कृष्णनगरमा काँग्रेस विजयी

शुक्रबार, ०६ जेठ २०७९, १७ : ०७
शुक्रबार, ०६ जेठ २०७९

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा नेपाली काँग्रेसका रजत प्रताप शाह मेयरमा निर्वाचित भएका छन् । शाहले राप्रपाका दिपक रजौरियालाई पराजित गर्दै दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् ।

०७४ सालमा कृष्णनगरको मेयरमा स्वतन्त्रबाट निर्वाचित शाह काँग्रेसमा प्रवेश गरेका थिए । निर्वाचन कार्यालयका अनुसार शाहले ५ हजार ६ सय ६ मत ल्याएर मेयरमा निर्वाचित हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रजौरियाले ४ हजार १ सय १२ मत ल्याए ।  

यस्तै उपमेयरमा काँग्रेसकै आरतीदेवी चौधरी निर्वाचित भएकी छन् । उनले एमालेकी विमलेश मौर्यालाई पराजित गरेकी हुन् । कृष्ण नगरमा १२ वटा वडामध्ये काँग्रेस र  एमालेले ३/३, जसपा र माओवादीले २/२, राप्रपा र बहुजन शक्ति पार्टीले १/१ वडाध्यक्ष जितेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप