शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कप्तान र उपकप्तान नै परेनन् अल्मुताइरीको  टिममा

शुक्रबार, ०६ जेठ २०७९, १६ : ४७
शुक्रबार, ०६ जेठ २०७९

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले कुवेतमा हुने एएफसी एसियन कप २०२३ छनोटका लागि अन्तिम टोली घोषणा गरेका छन् । उक्त टिममा अल्मुताइरीले राष्ट्रिय फुटबल टोलीका कप्तान र उपकप्तानलाई समेटेका छैनन् ।

पछिल्लो समय दश जना विवादमा रहेका खेलाडीलाई कप्तान किरण चेमजोङले समर्थन गरेका थिए । सोही कारण कप्तान किरणलाई पनि अल्मुताइरीले टिममा समेटेनन् ।

त्यस्तै सिनियर खेलाडी सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, अन्जन विष्ट, विमल घर्तीमगर पनि टिममा परेनन् । विवादको विषय समाधान नहुँदै अल्मुताइरीले टिम सार्वजनिक गरेका हुन् ।

एएफसी एसियन कप २०२३ छनोटको समूह ‘ए’ मा नेपालले जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्दैछ । नेपालले आफ्नो पहिलो खेल जुन ८ मा जोर्डनसँग खेल्नेछ भने जुन ११ मा कुवेतसँग खेल्नेछ । अन्तिम खेल जुन १४ मा इन्डोनेसियासँग हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप