बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालय एअरलाइन्स्की उडान परिचारिका डंगोलद्वारा सगरमाथा आरोहण

शुक्रबार, ०६ जेठ २०७९, १६ : २३
शुक्रबार, ०६ जेठ २०७९

हिमालय एअरलाइन्स्की वरिष्ठ उडान परिचारिका ॐनिका डंगोल सहितको सगरमाथा आरोहण टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ ।  थामसेर्कु ट्रेक्स एण्ड एक्सपिडिसनको आरोहण टोलीसँग डंगोलले ८८४८.८६ मिटर अग्लो सगरमाथाको चुचुरो आरोहण गरेकी हुन् ।  

काठमाडौं फर्किएपछि एअरलाइन्स्द्वारा आयोजित स्वागत कार्यक्रममा हिमालय एअरलाइन्स्का अध्यक्ष झो एन्योङ्ग र हिमालय टोलीले डंगोललाई स्वागत गरेका थिए । उनले भने, ‘यो हाम्रा लागि निकै महत्वपूर्ण परियोजना हो । ॐनिका डंगोलले हिमालयको झण्डा बोकेर विश्वकै अग्लो चुचुरो सफलतापूर्वक आरोहण गरी सकुशल फर्कनुभएकोमा हामी अत्यन्त खुसी छौं । यस परियोजनामा धेरै जोखिम र चुनौतीहरू थिए, र म हरेक दिन उहाँको सुरक्षाको लागि चिन्तित थिएँ । तर पनि हाम्रो टोलीको तयारी राम्रो र संकल्प दृढ भएकाले यो परियोजना सफल हुनेछ भन्नेमा म विश्वस्त थिएँ । हिमालय एअरलाइन्स्का लागि यो वास्तवमै सुखद उपलब्धि हो । यस उपलब्धिले दृढताको भावनालाई प्रस्तुत गर्दछ जसमा हिमालयले सदैव विश्वास राख्दछ ।“    

हिमालयले आफ्नो ऐतिहासिक परियोजना “हिमालय एअरलाइन्स् एभरेष्ट एक्सपिडिसन बाई फ्लाइट अटेन्डेन्ट” नेपालमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुरु गरेको थियो । तत्पश्चात् एअरलाइन्स्ले आफ्नी उडान परिचारिका डंगोलकासाथ विश्वको सर्वोच्च शिखर सफलतापूर्वक आरोहण गर्ने तयारीमा विशेष जोड दिएको थियो । डंगोलले यसअघि मेरा, आइल्यान्ड र लोबुचे गरी तीनवटा चुचुरो आरोहण गरिसकेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप