बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा १५ अंकको गिरावट, जम्मा ९३ करोडको कारोबार

शुक्रबार, ०६ जेठ २०७९, १५ : ५५
शुक्रबार, ०६ जेठ २०७९

पहिलो पटक साताको अन्तिम दिन शुक्रबार पनि कारोबार भएको नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १५.८२ अंकले घट्दै २२३५.०९ बिन्दुमा ओर्लिएको हो। 
उसो पहिलो पटक शुक्रबार पनि खुलेको बजारमा आज ९३ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । नेप्सेका अनुसार यस दिन कुल २२३ कम्पनीको २५ लाख २४ हजार २६८ कित्ता सेयर १९ हजार १०९ पटक किनबेच हुँदा जम्मा ९३ करोड २२ लाख ६ हजार ८४ रुपैयाँ बराबरको मात्र कारोबार भएको छ ।

आज म्यचुअल फन्ड बाहेक सबै उपसमूहको नेप्से परिसूचक ऋणात्मक भएका छन्। आज सबैभन्दा बढी व्यापार समूह र अन्य उपसमूहले गुमाएका छन् । यस दिन सबैभन्दा बढी मुदायिक लघुवित्त वित्तीय संस्थाका सेयर धनिहरुले २.७३ प्रतिशतले कमाएका छन् भने सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीका सेयर धनीहरुले ४.९४ प्रतिशतले गुमाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप