बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘तिम्रै नाम होस’ मा राजेश पायलसँग केकीको रोमान्स

शुक्रबार, ०६ जेठ २०७९, १५ : ४५
शुक्रबार, ०६ जेठ २०७९

गायिका अस्मिता अधिकारी र गायक राजेश पायल राईको स्वर रहेको गीत ‘तिम्रै नाम होस’ सार्वजनिक भएको छ । गोपाल लोहारको शब्द तथा वसन्त सापकोटाको संगीत रहेको गीतको संजिव बराइलीले संगीत संयोजन गरेका हुन् । 

गीतको भिडियोमा गायक राजेश पायल राई र अभिनेत्री केकी अधिकारीको अभिनय देख्न सकिन्छ । भिडियोमा दुबैको प्रेम र रोमान्स देखाउन खोजिएको छ । सुदिप बरालले छायांकन र अर्जुन जिसीको सम्पादन रहेको भिडियो कविराज गहतराजले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप