प्रस्तावित राजदूतको संसदीय सुनुवाइ, उजुरीबारे स्पष्टीकरण माग
राष्ट्रिय सभा अन्तर्गतको संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले श्रीलंकाको लागि प्रस्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कको लागि प्रस्तावित राजदूत प्रा.डा. रामस्वार्थ रायकाबिरुद्ध परेका उजुरीमाथि सुनुवाई गरेको हो ।
समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी परेकोले स्पष्टीकरण सोधिएको बताए । उनले प्रस्तावित राजदूतबाट प्राप्त कागजात अध्ययन कार्यदललाई बुझाएको र द्वय राजदूतहरुविरुद्ध परेको उजुरीको सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ९ गतेसम्ममा जवाफ दिन माग गरेको बताए ।
‘श्रीलंकाका लागि प्रस्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कको लागि प्रस्तावित राजदूत प्रा.डा. रामस्वार्थ रायको सुनुवाई ग¥यौं । उहाँहरु दुई जनामाथि उजुरी पनि परेको रहेछ । उजुरीको छानबिनको प्रतिवेदन पनि हामीले उहाँहरूसँग सोधेर जवाफ लियौँ । उहाँहरुले आफ्नो स्पष्टीकरणमा केही कागजातहरु पेस गर्नुभएको छ । त्यो कागजात हाम्रो अध्ययन कार्यदल छ, त्यसलाई जिम्मा लगाएका छौँ’, कर्णले भने, ‘तीन ठाउँमा उजुरीको बारेमा सोधिरहेका पनि छौँ । वासुदेव मिश्रको सम्बन्धमा परेको उजुरीको सम्बन्धमा हामीले शिक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग सोधेका छौँ । रामस्वार्थ रायजीको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि हामीले पत्र लेखेका छौँ । ९ गते समय तोकेर जवाफ दिन भनेका छौँ ।’
समितिको बैठकमा बोल्दै डेनमार्कका लागि प्रस्तावित राजदूत प्राध्यापक डाक्टर रामस्वार्थ रायले राजदूत बनेपछि नेपालमा पुनः डेनमार्कको राजदूतावास स्थापित गर्न पहल गर्ने बताए ।
उनले नेपाल र डेनमार्कबीचको सम्बन्ध थप प्रगाढ बनाउने, नेपालको जलविद्युत तथा वैदेशिक उर्जाको क्षेत्रमा निजी, सामुदायिक, पार्टनरसीप पीपीपी मोडेलमा लगानी प्रवद्र्धन गर्ने तथा प्रविधिको क्षेत्रमा सहजीकरण गर्ने कुरामा जोड दिने बताए । पर्यटन र व्यापार बढाउन पहल गर्ने र दुई देश र बहुदेशबीचको सम्बन्ध सुमधुर बनाउनका लागि अझ सुदृढ गरी मित्रता, भ्रातृत्व विकास र समृद्धिलाई योगदान पु¥याउन मुख्य भुमिका खेल्ने कुरामा जोड दिने उनको भनाइ छ ।
प्रस्तावित राजदूत रायले सरकारको परराष्ट्र नीतिभित्र रहेर सरकारको कामलाई पहिलो प्राथमिकता दिएर नेपाललाई चिनाउन विभिन्न पहल गर्ने प्रतिवद्धता पनि जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या