बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटका नवनिर्वाचित पालिका प्रमुखले लिए  शपथ

शुक्रबार, ०६ जेठ २०७९, १५ : ०९
शुक्रबार, ०६ जेठ २०७९

रौतहटस्थित  स्थानीय तहका नवनिर्वाचित पालिका प्रमुखहरुले शुक्रबार गौर नगरपालिकाको सभा हलमा सपथग्रहण गरेका छन् । गत ३० गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित पालिका प्रमुखहरुले सपथग्रहण गरेका हुन् ।

जिल्ला अदालत रौतहटका मुख्य न्यायाधीश काजीबहादुर राईले जनप्रतिनिधिहरुलाई सपथग्रहण गराए । समारोहमा मौलापुर नगर प्रमुख रिना कुमारी साह,गौर नपा नगरप्रमुख शम्भु शाह, राजदेवी नपा नगर प्रमुख भिकारी यादव, परोहा नपा  नगरप्रमुख शेख वकिल, र  दुर्गाभगवती गाउँपालिका नगर प्रमुख शम्भु सिंह लगायत सहभागी थिए ।

स्थानीयतहका प्रमुखहरुले अव आआफ्ना पालिकाका उपप्रमुख,वडा अध्यक्ष तथा सदस्यहरुलाई सपथग्रहण गराउनेछन् । जिल्लाको १८ स्थानीय तहमध्ये मतगणना जारी रहेका पालिका प्रमुखहरुलाई दोस्रो चरणमा सपथग्रहण गराउने कार्यक्रम रहेकोे जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप