बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

संसद्स‌म्म बालेनको तरंग

शुक्रबार, ०६ जेठ २०७९, १५ : ००
शुक्रबार, ०६ जेठ २०७९

स्थानीय निर्वाचन, २०७९ को चर्चामा रहेका काठमाडौं महानगरपालिकाका मेयरका उमेदवार बालेन्द्र शाहको तरंग संघीय संसदमा समेत पुगेको छ । शुक्रबार संसदमा जारी आगामी आर्थिक वर्षको बजेटको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै सांसद तारा कुमारीले राजनीतिक मुद्रासँगै आर्थिक मुद्दामा राजनीतिक पार्टीहरू एक ठाउँमा आउन नसके अरु बालेनहरु पनि जन्मिने उनले बताइन् । 

‘अहिले तपाई नेताहरुलाई खुब पोलेको होला नी । बालेन भन्ने फेरि को आयो ? यस्तै हो भने एउटा बालेन मात्र होइन अरु बालेनहरु पनि आउन सक्छन् । आफु मन्त्री, सत्तामा हुँदा चाहिँ केही नगर्ने अनि अरु भएको बेला चाहिँ केकेन गरुला झै गरेर विरोधमा उत्रिने । यसो गर्न छाडौँ, मुलुकको राजनीतिक सुधारसँगै आर्थिक रुपान्तरणका लागि सबै एकैठाउँमा आउँ,’ उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप