
लुम्बिनी जनरल इन्स्योरेन्सको एक लाख २२ हजार संस्थापक सेयर बेच्दै कुमारी बैंक

कुमारी बैंक लिमिटेडले लुम्बिनी जनरल इन्स्योरेन्समा रहेको आफ्नो एक लाख २२ हजार कित्ता बराबरको संस्थापक सेयर बेच्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको इन्स्योरेन्सको कुल १ लाख २२ हजार २ सय ८७ कित्ता संस्थापक सेयर बच्ने भएको हो ।
सिलबन्दी बोलकबोल प्रक्रियामार्फत बिक्री हुने इन्स्योरेन्सले लागि जेठ १३ गतेदेखि २७ गतेसम्म आवेदन दिन सकिनेछ । प्रति कित्ता न्यूनतम २०० रुपैयाँ तोकिएको कम्पनीको सेयरका लागि तोकिएको मूल्य वा सोभन्दा बढी दरमा आवेदन दिन सकिनेछ । तर, खरिदकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।
इच्छुक संस्थापक सेयरधनीहरूलाई सूचना प्रकाशित भएको ३५ दिनभित्र लिखित निवेदन पेस गर्न बैंकले अनुरोध गरेको छ । तोकिएको अवधिमा खरिद गर्न इच्छुक गैरसंस्थापक लगानीकर्ता तथा योग्य जो कोही व्यक्ति या संगठित संस्थाले पनि सिलबन्दी बोलकबोलमा भाग लिन सक्नेछन् ।
बोलपत्र आवेदन कुमारी क्यापिटलबाट प्राप्त गर्न सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ