शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्मार्टच्वाइस टेक्नोलोजिज र फर्स्ट पेबीच स्मार्ट अन्तर आबद्धताको लागि सम्झौता

शुक्रबार, ०६ जेठ २०७९, १४ : ४०
शुक्रबार, ०६ जेठ २०७९

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र फस्र्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र फस्र्ट पे क्यूआर बीच अन्तर आबद्धताको लागि सम्झौता सम्पन्न भएको छ ।

हालै स्मार्टच्वाईस टेक्नोलोजिजको गैरीधारास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकावीच स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र फस्र्ट पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसौरभ रिजालले सो सेवा सञ्चालन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

नेपाल राष्ट्र बैंकद्घारा  माघमा जारी गरेको परिपत्रका आधारमा सबै अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकलाई अन्तर आवद्धताको लागि दिएको निर्देशन अनुरुप यो सम्झौता सम्पन्न भएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप