बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

निरुदेवीको आक्रोश, ‘अब सातामा तीन दिन विदा दिउँ’

शुक्रबार, ०६ जेठ २०७९, १४ : २८
शुक्रबार, ०६ जेठ २०७९

संघीय संसदमा एमालेकी नेतृ निरुदेवी पालले सरकारको दुईदिन बिदाको नीतिविरुद्ध तीब्र आक्रोश पोखेकी छन् । पेट्रोलियम पदार्थको खपत कम गर्ने नाममा सरकारले सातामा दुईदिन विदा दिएर गलत गरेको भन्दै नेतृ पालले थप एक दिन थपेर सातामा तीन दिन विदा दिन सरकारलाई ब्यङ्ग्य गरिन् । 

‘दुईदिन मात्र किन अब तीन दिन नै बिदा दिउँ । न्याय क्षेत्रको रिटका चाङका चाङ लाग्न दिउँ । संसद पनि अब गृहमन्त्रालयलाई नै चलाउन दिउँ न’ उनले आक्रोश पोखिन । सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्ने भन्दै जेठ १ गतेदेखि सातामा दुई दिन शनिबार र आइतबार विदा दिने नीति कार्यान्वयनमा ल्याएको छ । यसको अहिले चौतर्फी विरोध भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप