शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ब्युटी पेजेन्टको नाममा गलत गर्नेलाई कारबाही गर्न मोडलिङ संघको माग

शुक्रबार, ०६ जेठ २०७९, १४ : २३
शुक्रबार, ०६ जेठ २०७९

नेपाल मोडलिङ संघका अध्यक्ष दिनेश शाहीले ब्युटी पेजेन्टको नाममा बारम्बार बलात्कार भएको घटनाले आफूलाई निकै दुखी बनाएको बताएका छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘अल अबाउट डिवी स्किन’ ह्याण्डल उल्लेख गर्दै आफूमाथि बारम्बार बलात्कार भएको खुलासा गर्ने युवतीले न्याय पाउनु पर्ने माग गरेका छन् ।

‘कुनैपनि पेसाको नाममा यस्तो घटना हुनु पक्कै पनि राम्रो होइन’ उनले सामाजिक संजालमा पोष्ट गरेका छन् ‘यो एक महिलामाथि भएको हिंसा मात्र होइन, मानव समाजलाई नै लज्जित बनाउने घटना हो ।’ शाहीले घटनाको विषयमा सत्यतथ्य छानबिन गरेर पिडिकलाई सजाए दिँदै पीडितलाई न्याय दिनुपर्ने धारणा समेत राखेका छन् ।

‘म व्यक्तिगत तथा नेपाल मोडलिङ संघको तर्फबाट जोडदार माग गर्दछु’ शाहीले अगाडि लेखेका छन्, ‘यस्ता घटनाले ब्युटी पेजेन्टको क्षेत्रमा राम्रो काम गर्नेलाई समेत असर पर्ने गरेको छ ।’ शाहीले सौन्दर्य प्रतियोगितामा भविष्य खोज्ने सबैलाई सचेत रहन समेत अनुरोध गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप