शिक्षाको नाममा अर्बौ रुपैयाँ बाहिरिने स्थिति रोक्ने नीति ल्याउन पुनको आग्रह
पूर्वऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले शैक्षिक खर्चको नाममा वर्षेनी अर्बौ रुपैयाँ बाहिरिने परिपाटी रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् । तीव्र आयातले विदेशी मुद्राको सञ्चिति निरन्तर घट्दै गएकोमा मात्र चिन्तित बनिरहेका हामीले शिक्षाको नामा वर्षेनी बाहिरिने अर्बौ अर्ब रुपैयाँमा आँखा चिम्लिएको उनले बताए ।
‘गत वर्ष शिक्षाको नाममा २१ अर्ब रुपैयाँ बाहिरिएको थियो । यो वर्ष त्यो अझ बढेर करिब २४ अर्ब पुगेको रहेछ । यसरी शिक्षाको नामा नै वर्षेनी अर्बौ अर्ब रुपैयाँ कसरी रोक्न सकिन्छ ? यतातर्फ पनि सरकारको स्पष्ट नीति आउनुपर्ने देखिन्छ । यसले पनि विदेशी मुद्रा सञ्चितिमा समस्या पारिरहेको छ भन्ने मलाई लाग्छ’ पुनले भने ।
सोही अवसरमा पुनले निर्याततर्फ नेपालले जलविद्युतबाट फाइदा लिन सक्नेतर्फ जोड दिए । हिउँमा विद्युत कम उत्पादन भएर स्वदेशकै खपत धान्न नसकिने अवस्था रहेपनि वर्षायाममा उत्पादन हुने विद्युत बेच्न सकिने उनले बताए । ‘गत वर्ष २२ अर्बको विद्युत आयात भएको थियो । यो वर्ष यस्तो आयात घटेर करिब १२ अर्ब झरेको छ’ पुनले भने, ‘निर्याततर्फ गत वर्ष २ अर्बको निर्यात भएकोमा यो बढेर यसवर्ष ५ अर्ब बराबर पुग्ने हाम्रो अनुमान छ । त्यस्तै नेपाल विस्तारै जलविद्युतमा आत्मनिर्भरतर्फ उन्मुख हुँदैछ । विद्युत बेच्नै हुन्न भन्ने होइन अब हामीले स्वदेशी खपतसँगै विदेशी बजार समेत खोज्नुपर्छ’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म
-
साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने
-
अख्तियारमा सोलुखुम्बुका ७० उजुरी दर्ता
-
सिस्नुको सुपदेखि कटहरको छोइलासम्मका परिकारको प्रदर्शनी तस्बिरमा
-
नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा
-
खानाको परिकारबाट कृषि पर्यटन प्रवर्द्धन गर्न ‘भोजनलिपि स्वाद’