
नेम्वाङद्वारा एन्फा अध्यक्षमा उम्मेदवारी घोषणा

अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकज नेम्वाङले उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै आगामी चार वर्षका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
एन्फाको निर्वाचन आगामी असार ६ गते हुँदैछ । एन्फा वरिष्ठ उपाध्यक्षको पनि उम्मेदवारी घोषणा भएको छ । उम्मेदवारी घोषणा गर्दै नेम्वाङले भने, ‘कार्यसमितिमा एकता हुनुपर्छ, एकताले नै एन्फामा फुटबलको विकास हुन्छ भनेका थियौं । तर, एन्फा अध्यक्षले मान्नु भएन । त्यसैले उम्मेदवारी घोषणा गरेको हो ।’
उनले एन्फाको आर्थिक नियमावली चर्केको र फिफाले आर्थिक कुरामा आर्थिक प्रतिवन्ध देख्दा पनि आफूलाई नराम्रो लागेको बताए । यो सबै कुरालाई बदल्न आफूले उम्मेदवारी दिन लागेको बताए । ‘अब नेपाली फुटबललाई अगाडि बढाउने हो भने हामीले उम्मेदवारी दिनुपर्छ भन्ने हिसाबले उम्मेदवारी घोषणा गरेको हो । आर्थिक अनियमितता भएको देख्दा पनि परिवर्तन गर्ने कुरामा उम्मेदवारी दिएको हो,’ नेम्वाङले भने ।
उपाध्यक्षमा ले घोषणा गरेका छन् । वीर बहादुर खड्काले वरिष्ठ उपाध्यक्षको पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले शेर्पाले नेपाली फुटबलमा धेरै कुराको बिकास गर्ने कुरामा लचकता नदेखाएकोले आफूले उम्मेदवारी दिएको बताए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ